logo-img

काठमाडौं महानगरमा जग्गाको मूल्याङ्कन साविककै दर रेटमा

काठमाडौं महानगरपालिकाको राजस्व विभागले, सम्पत्ति कर लेखाजोखा गर्दा २०८० सालमा गरिएको जग्गाको मूल्याङ्कन दरलाई आधार मान्न परिपत्र गरेको छ ।

असोज २३ गते गरिएको परिपत्रमा चालु आर्थिक वर्ष २०८१/८२ का लागि सम्पत्ति कर निर्धारण गर्दा जग्गाको मूल्याङ्कन दर सम्बन्धमा ऐनको दफा २ को उपदफा (१) को खण्ड (घ) मा भएको प्रावधानको सट्टा काठमाडौं महानगरपालिका आर्थिक ऐन, २०८० मा भएको जग्गाको मूल्याङ्कन दरलाई आधार लिने भनिएको छ ।

आर्थिक ऐन, २०८१ बमोजिम साउन १ गतेदेखि असोज मसान्तसम्म सम्पत्ति कर तिर्ने करदाताको हकमा, सङ्कलन गरिएको सम्पत्ति कर रकम आर्थिक ऐन, २०८० को तुलनामा घटीबढी भएको रकम आगामी ५ वर्षभित्र क्रमशः समायोजन गर्ने, परिपत्रमा उल्लेख गरिएको छ । 

महानगरपालिकाका वडा कार्यालयहरूले आर्थिक ऐन, २०८१ को दफा २ को उपदफा (१) घ अनुसार आफ्नो भौगोलिक क्षेत्रभित्रका घरजग्गामा सम्बन्धित मालपोत कार्यालयले तोकेको जग्गाको प्रति आना मूल्यलाई आधार मानेर कर संकलन गरिरहेका थिए ।

यो व्यवस्थाबाट राजस्व संकलन गर्दा विगत वर्षहरूमा तिरेको कर रकममा अनपेक्षित घटीबढी भएको करदाता गुनासो आएपछि राजस्व समितिको सिफारिस र असोज २२ गते बसेको ३६ औँ कार्यपालिकाको निर्णयअनुसार साविकको दररेटमा संकलन गर्ने निर्णय भएको हो । 





  • प्रकाशित मिति : असोज २९, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया