नेपालीहरूको महानपर्व बडा दसैँ विसर्जन गरिएको छ । गत असोज १७ गते घटस्थापना गरेर सुरु भएको बडा दसैँ कोजाग्रत पूर्णिमासँगै समापन भएको हो । बडादसैँ समापन भएसँगै टीका ग्रहण कार्य पनि यसपालिलाई सकिएको छ ।
नेपालीहरूले भव्यरुपमा मनाउने बडादसैँ पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रातमा जाग्राम बसेपछि आजदेखि समापन गरिएको हो । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमाका दिन बुधबार साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गर्दै रातभर जाग्राम बस्ने प्रचलन रहँदै आएको छ ।
माता दुर्गाका तीन वटा रूपमध्येका एक रूप महालक्ष्मीको पूजा गरेर बिहीबार दुर्गा पक्ष अर्थात् बडा दसैँलाई बिदा गर्ने चलन रहेको छ । यस वर्ष कात्तिक १ गते बिहीबार पूर्णिमा व्रत परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जानकारी दिएको छ ।
कोजाग्रत पूर्णिमाका दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा आराधना गर्दै दसैँ विसर्जन गरिएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।