logo-img

युक्रेनसँग युद्ध लड्न उत्तर कोरियाले तीन हजार सेना रुस पठाएको अमेरिकाको दाबी

उत्तर कोरियाले कम्तीमा तीन हजार उत्तर कोरियाली सेना अक्टोबरमा रुसमा पठाएको ह्वाइट हाउसले जनाएको छ ।  ह्वाइट हाउसका अनुसार उनीहरू युक्रेन विरुद्धको लडाइँमा सहभागी हुने  अत्यधिक सम्भावना रहेको छ ।

ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सञ्चार सल्लाहकार जोन किर्बीले बुधबार पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उत्तर कोरियाली सैनिकहरू युक्रेनसँग लड्न रुस जाँदै गरेको सार्वजनिक सूचना पाएको दाबी गरेका छन् । 

सेना उत्तर कोरियाको वोनसनबाट रूसको भ्लाडिभोस्टोकसम्म जहाज मार्फत गएको बताउँदै  हाल उनीहरू रुसी सैन्य प्रशिक्षणमा रहेको बताएका छन् । प्रशिक्षण पछि  सैनिकहरूले युक्रेनी सेनाविरुद्ध लडाइँमा संलग्न हुन सक्ने उनले बताएका छन् । 

किर्बीले अमेरिकाले युक्रेनी सरकारलाई उनीहरूको अवस्था बारेमा जानकारी दिएको बताउँदै  उत्तर कोरियाले मस्को र किभबिचको द्वन्द्वमा प्रवेश गरेमा युद्धमा रुस कायरतालाई उजागर गर्ने उल्लेख गरेका छन् । 
  
युक्रेनविरुद्धको युद्धमा रुसले हरेक दिन असाधारण हताहत भोगिरहेको बताउँदै  किर्बीले अझै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले राष्ट्रसङ्घीय सुरक्षा परिषद्का प्रस्तावको विपरीत  युक्रेनसँग द्वन्द्व जारी राख्न चाहेको बताएका छन् । 

ह्वाइट हाउसका वरिष्ठ अधिकारीले युद्धका लागि युक्रेनलाई अमेरिकी सहयोगको बारेमा कुरा गर्दै  अमेरिका युक्रेनलाई थप युद्व सामाग्रीहरू प्रदान गर्ने तयारीमा रहेको बताएका छन् ।   उनले अमेरिकी राष्ट्रपति जो बाइडेन युक्रेनलाई सहयोग गर्न कटिबद्ध रहेकोसमेत जानकारी दिएका छन् । 

युक्रेनका लागि अमेरिकी समर्थनको पुष्टि गर्दै उनले आगामी दिनमा अमेरिकाले युक्रेन विरुद्ध रुसको युद्धका समर्थकलाई लक्षित गरी महत्त्वपूर्ण प्रतिबन्धको घोषणा गर्ने जनाएका छन् ।  





  • प्रकाशित मिति : कात्तिक ८, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया