logo-img

एमालेले भन्यो- पोखरामा प्रदर्शन गर्ने सांसदसहित प्रत्येक व्यक्ति कसुरदार हुन्

सत्तारुढ नेकपा एमालेले सहकारी ठगी प्रकरणको अनुसन्धानमा अवरोध नगर्न आग्रह गर्दै आवान्छित गतिविधिप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएको छ । एमालेले बिहीबार एक विज्ञप्ति जारी गर्दै राष्ट्र सेवकलाई कानुनबमोजिम काम गर्न नदिनु आफैँमा कसुर भएको जनाएको हो ।   

एमाले महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्र सेवकलाई कानूनबमोजिम तोकिएको काम गर्न नदिन वा कर्तव्य पालना गर्न नदिने हिसाबले पाँच जना भन्दा बढीको भेला गर्नु गराउनु आफैँमा कसुर हो । यस्तो कसुरमा संघीय संसदको सदस्य उपस्थिती हुन र यस्तो कसुर गर्न अरूलाई उक्साउनु पूर्णत गैर कानुनी कार्य हो। यस्तो भेलामा सहभागी नहुन प्रहरीले गरेको अनुरोधको अवज्ञा गर्ने प्रत्येक व्यक्ति कसुरदार मानिने कानुनी व्यवस्था भए तर्फ सबै पक्ष सचेत हुनुपर्दछ ।’

विज्ञप्ति मार्फत स्वच्छ र निष्पक्ष न्यायिक निरूपणको वातावरण बनाउन पनि एमालेले सरकारलाई अनुरोध गरेको छ । हेर्नुहोस् एमालेले जारी गरेको विज्ञप्ति :​
 





  • प्रकाशित मिति : कात्तिक ८, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया