मानवीय र सामाजिक अभियन्ता देवरत्न धाख्वाको ‘जीवन एक प्रवाह एक श्रृंखला’ नामक पुस्तक लोकार्पण भएको छ ।
लेखन कुञ्जद्वारा प्रकाशित पुस्तक लाकार्पण गर्दै दिव्य शताब्दी पुरुष डा. गौरीशंकर लाल दासले नेपाल रेडक्रशमा चार दशक बिताएका समाजसेवी राजनीतिज्ञ धाख्वाको पुस्तक मानवीय र समाज सेवा गर्नेका लागि प्रेरणादायी र अनुकरणीय रहेको बताए ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुरको नागवहाल जस्तो रमणीय स्थानमा भएको कार्यक्रम र यसै क्षेत्रका वरिष्ठ समाजसेवी धाख्वाको पुस्तक मानव सेवा गर्नेका लागि मात्र होइन जनप्रतिनिधिले पनि कसरी समयमै काम गर्नुपर्छ भन्ने जस्ता निकै अनुकरणीय र प्रेरणादायी रहेको उल्लेख गरेका छन् ।
लोकार्पण समारोहमा लेखक देवरत्न धाख्वा, लेखनकुञ्जका अध्यक्ष कमल ढकाल, लेखनकुञ्जका सम्पादक वरिष्ठ पत्रकार टंक पन्त, नेपाल रेडक्रश सोसाइटीका निर्देशक पूजा कोइराला, हिरण्यवर्ण महाबिहारका दश पारमिता आजु रत्न शाक्य, अर्जना धाख्वा , रचना धाख्वा लगायतले पुस्तककाबारेमा चर्चा गरेका थिए ।
लेखनजकुञ्जका अर्जुन ढुंगानाद्वारा सम्पादित पुस्तक लोकार्पण समारोहमा मुन्दिका धाख्वा र सुजन धाख्वाले स्वागत गरेका थिए थियो भने रेडक्रशका उच्च पदस्थ पदाधिकारी, उच्च अधिकारीहरू, बुद्धिजीवीहरु, राजनीतिज्ञ, जनप्रतिनिधिहरू , स्थानीय समाजसेवी, परिवारजन सहितको उल्लेख्य सहभागिता रहेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।