काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले देश कसरी डुबेको भनेर हेर्न सिंहदरबारभित्रको सरकारी वैद्यखाना हेर्दा पुग्ने बताएका छन् ।
बुधबार धन्वन्तरि जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस २०८१ को अवसरमा सिंहदरबार वैद्यखाना विकास समितिको ३०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रमुख शाहले सरकारले सञ्चालन गर्ने सरकारी फ्याक्ट्रीहरू र उद्योगहरू कसरी डुब्छन् भन्ने कुराको उदाहरण सिंहदरबारको वैद्यखाना भएको बताएका हुन् ।
उनले भने, ‘यो देश किन डुबेको भन्ने अहिलेका साना विद्यार्थीहरू, बाबु नानीहरू तथा अध्ययन गर्ने अभियन्ताहरूले सबैले यो देश किन डुबेको हेर्न मन छ भने सिंहदरबारको वैद्यखाना आएर हेरे हुन्छ । ठ्याक्कै थाहा हुन्छ यो देश किन डुबेको भन्ने कुरा । यो देशमा के समस्या छ ? यो देशको विभिन्न उत्पादन गर्ने सरकारी फ्याक्ट्रीहरू, सरकारले चलाएका विभिन्न उद्योगहरू कसरी डुब्छन् भन्ने कुरा वैद्यखाना आएर हेर्दा राम्रोसँग थाहा हुन्छ ।’
सिंहदरबारमा रहेको वैद्यखानामा औषधी नभई भवनहरूमा रहेको उनको भनाइ छ । त्यस्तै, उनले वैद्यखानाको एमडी सरकार परिवर्तन भए मात्र नभई ५० हजारमा पनि परिवर्तन हुने गरेको बताए ।
त्यस्तै मेयर शाहले सिंहदरबारको वैद्यखाना र आयुर्वेदलाई जोगाउन नसक्ने नेतृत्वले यो देशलाई कसरी जोगाउन सक्छ भन्दै प्रश्न गरे । देशलाई कसरी जोगाउन सकिने भन्दै प्रश्न गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।