बेलायती दरबारमा नयाँ राजकुमार

एजेन्सी– बेलायतको शाही परिवारमा नयाँ सदस्य थपिएका छन् । डचेज अफ ससेक्स मेगन मर्केलले छोरालाई जन्म दिएपछि बेलायती राजपरिवारमा खुसी छाएको हो । 

राजकुमार ह्यारीले यसको जानकारी दिएका हुन् । उनले आफ्नो छोरा जन्मिएको कुराले आफूहरु दुवैजना अत्यन्त रोमान्चित भएको बताएका छन् । उनले आफूहरुलाई साथ दिएका जनतालाई धन्यवाद पनि दिएका छन् । 

ह्यारीले मेगन मर्केल र छोराको स्वास्थ्य अत्यन्त राम्रो भएको पनि जानकारी दिएका छन् । साथै उनले छोराको नाम सोचिनसकेको पनि बताएका छन् । 

बेलायती दरबारका यी नयाँ राजकुमारको जन्म बेलायती समयअनुसार सोमबार विहान ५ बजेर २६ मिनेट जाँदा भएको हो । बकिंघम दरबारले दिएको जानकारी अनुसार नयाँ राजकुमारको तौल ३.२ किलो थियो । ह्यारीले दुई दिनपछि बच्चाको तस्वीर सार्वजनिक गर्ने बताएका छन् । 

सोमबार जन्मिएका यी बालक बेलायती राजा हुने लाइनमा सातौँ व्यक्ति भएका छन् । मेगन अमेरिकी नागरिक भएकाले उनले स्वतः अमेरिकी नागरिकता पनि पाउने छन् ।





  • प्रकाशित मिति : बैशाख २३, २०७६ साेमबार २२:३०:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया