logo-img

ज्योतिषको सुझाव- ‘तिहारमा छालाजन्य वस्तु उपहार नदिनू’

वरिष्ठ ज्योतिष एवम् संस्कृतविद् डा. रुद्रनाथ अधिकारीका अनुसार तिहार मनाउने प्रचलनको कुरा गर्दा भारत र नेपालमा भिन्न रहेको पाइन्छ । हाम्रो दसैँ र अन्य हिन्दुको दसैँ फरक छ । संस्कृति एउटै हो भने पनि धेरै कुराहरू फरक छन् । हाम्रो मौलिक पर्व हो भने उनीहरूको उत्सव मात्र हो । 

धन्तेरस हाम्रो होइन । त्रयोदशी तिथि त सबैको हो । जुन विश्वव्यापी मानिएको छ । प्रकृतिमा रहेको क्यालेन्डरलाई सबैले पलो गर्नैपर्छ । यमपञ्चकको प्रथम दिवस भनेको यमपञ्चकको प्रथम दिवस नै हो । त्यसलाई मान्ने तवर तरिकामा फरक होला । शास्त्रमा फलामका चिजहरू, औजारहरू नकिन्नु, केमिकलहरू नल्याउनु भनिएको छ । सकेसम्म पाँच दिन यमको र शनिको चिजहरू घरमा नल्याउनु  सेलरोटी हाल्ने तेल पनि पहिले नै किन्नु भनिन्छ ।

अर्को रोचक कुरा के छ भने लेदर अर्थात् छाजाजन्य पदार्थबाट वस्तुहरू उपहार दिनु हुँदैन । लेदरका चिजहरू शनिमा पर्छन् । यस्तो उपहार कहिल्यै दिनुहुँदैन । घडी कहिल्यै पनि उपहार दिनु हुँदैन । किनकि काल पुरुषको केन्द्रबिन्दु हो । कसैलाई सिद्ध्याउनु छ भने जुत्ता या घडी दिनु आफै एक वर्षमा सिद्धिन्छ । 

कसैसँग सम्बन्ध टाढा राख्नु छ भने शनिबार छाता या जुत्ता उपहार दिनु उ आफैँ टाढा भएर जान्छ । रत्न, कमलको आसनका चिजहरू सुगन्धित अख्तरहरु घरमा ल्याउँदा राम्रो हुन्छ । फलाम छाडेर नयाँ केही न केही तामा, पित्तल, चाँदी, सुन जे सकिन्छ एउटा खरिद गर्दा राम्रो हुन्छ । धनियाँ ल्याएर यमपञ्चकभरी पूजा गरिन्छ । यसको अलग्गै महत्त्व छ ।  

लक्ष्मीलाई बोलाउँदा नारायणसहितको आह्वान गर्‍यो भने घरमा राम्रो हुन्छ । नत्र दुई दिन आउनुहुन्छ पाहुनाको रूपमा फर्कनुहुन्छ । पूजा गर्दा लक्ष्मी नारायणसहित गर्नुपर्छ । विशेष गरी नवरत्नहरु नौ जिचहरु ,अमृतहरू र विभिन्न किसिमका जडीबुटीहरू अमृत घडा थापना गर्दा राम्रो हुन्छ । कालो हलेदो, सेतो हलेदो, पहेँलो हलेदो, बेसार, धतुरोको विशेष महत्त्व छ । जसलाई भाइ टीकामा जलले अभिषेक गरेर दिर्घायूको कामना गरिन्छ । 





  • प्रकाशित मिति : कात्तिक १५, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया