logo-img

इजरायली हमलामा परी लेबनानको बालबेकमा ११ जनाको मृत्यु

पूर्वी लेबनानको बालबेक र वरपरका सहरहरूमा भएको इजरायली हमलामा परी ११ जनाको मृत्यु हनुको साथै १४ जना घाइते भएको लेबनानको राष्ट्रिय समाचार एजेन्सीले बिहिबार जनाएको छ । एजेन्सीका अनुसार बालबेक जिल्लाको बुडे गाउँको एउटा घरमा इजरायली आक्रमणले एकै घरका श्रीमान, श्रीमती र उनीहरूका दुई बच्चाहरूको ज्यान गएको हो ।

स्रोतका अनुसार अर्को आक्रमणमा मकनेह गाउँमा आमाबाबु र उनीहरूका चार सन्तानसहित छ जनाको परिवारको मृत्यु भएको थियो भने अन्य छ जना घाइते भएका थिए । यसै गरी  बालबेक सहरको दक्षिणी प्रवेशद्वारमा चारवटा इजरायली हवाई आक्रमणले एक महिलाको ज्यान लिनुका साथै  अन्य पाँच जना घाइते भएका छन् भने एउटा घर ध्वस्त भएको छ ।

डौरिस सहरको कस्र अल उलुम छिमेकको आवासीय क्षेत्रमा भएको अर्को आक्रमणमा तीन जना घाइते भएका छन् भने विस्फोटबाट नजिकैका दर्जनौ भवन, व्यवसाय र संस्थाहरूलाई क्षति पुगेको छ ।

अहिलेसम्म बालबेक-हर्मेल गवर्नरेट र मध्य बेका क्षेत्रमा इजरायलले एक हजार भन्दा बढी आक्रमणको गरेको छ  जसको परिणामस्वरूप ६२८ जनाको मृत्यु भएको छ भने एक हजार ६९  भन्दा बढी घाइते भएका छन् ।





  • प्रकाशित मिति : कात्तिक १६, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया