logo-img

चुनावपछि रुस-युक्रेन युद्धबारे फेरिनसक्छ अमेरिकी रणनीति, कसको जितमा छ युक्रेन खुसी ?

युक्रेनीहरू अमेरिकी राष्ट्रपति चुनाव अभियानको अन्तिम दिनहरूलाई चिन्तापूर्वक हेरिरहेका छन् । डोनाल्ड ट्रम्पको जितले वासिङ्टनको महत्त्वपूर्ण सहयोग रोक्न सक्ने भन्दै चिन्ता व्यक्त गरिरहेका हुन् । कतिपयले अर्की उम्मेदवार कमला ह्यारिसको जित भएमा युक्रेन सहायता निरन्तरता हुनसक्ने बताइरहेका छन् । 

उता अमेरिकामा राष्ट्रपतिको लागि मतदान हुँदै छ । यता रुस-युक्रेन युद्ध तेस्रो वर्षमा प्रवेश गर्दै छ । अहिले युद्धमा सङ्ख्यामा कम र कमजोर हतियार भएको युक्रेनी सेनाले रुसी सेनाको अग्रगमनको सामना गरिरहेको छ।

मस्कोको प्योङयाङसँगको गठबन्धन पहिलेभन्दा बलियो देखिएको छ । वासिङ्टन र सोलले हजारौँ उत्तर कोरियाली सैनिक रुस पठाइएको बताएका छन् ।

यसको विपरीत युक्रेनका युद्ध–थकित समर्थकहरू ट्रम्पको ह्वाइट हाउसमा सम्भावित फर्काइले थप निराश हुनसक्ने बताइन्छ । ट्रम्पले किएभलाई कुनै सहयोगको आश्वासन दिएका छैनन् ।

‘ट्रम्पको जितले गम्भीर जोखिमहरू सिर्जना गर्नेछ । स्थिति चिन्ताजनक हुनेछ’, अमेरिकामा युक्रेनका पूर्वराजदूत ओलेग सामसुरले एक समाचार संस्थालाई भनेका छन् । 

वासिङ्टनले नाटो–व्यापी युक्रेनलाई समर्थन गरेको छ । किएभले अत्यधिक शक्तिशाली रुसविरुद्ध लड्न सक्षम बनाउने अर्बौं डलरको आर्थिक र सैन्य सहयोग प्राप्त गरेको छ।



यद्यपि यो समर्थन विगत केही महिनामा युरोप र संयुक्त राज्य अमेरिकामा कमजोर भएको छ । युक्रेनप्रति अमेरिकी समर्थनको ट्रम्पको बारम्बार आलोचना र २४ घण्टाभित्र लडाइँ समाप्त गर्ने दाबीले युक्रेनको चिन्ता बढाएको छ ।

उनी ट्रम्पले युक्रेनको जित चाहन्छन् या चाहँदैनन भन्न अस्वीकार गर्छन् । ट्रम्पले युद्ध अन्त्य गर्ने कुनै रणनीति सार्वजनिक पनि गरेका छैनन् । उनका सहयोगी जेडी भान्सले चारैतिर असैन्यीकृत क्षेत्र स्थापना गर्ने गरी वर्तमान सीमामा युद्धविराम गर्न वकालत गरेका छन् ।  



  • प्रकाशित मिति : कात्तिक १७, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया