काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नेपाल संवतलाई सबैले चिन्नुपर्ने बताएकी छन् । शनिबार नेपाल संवत् ११४५ को अवसरमा आयोजित शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै डंगोलले नेपाल संवतलाई सबैले जान्ने , बुझ्ने र प्रयोग गर्न सक्ने बनाउन आग्रह गरेकी हुन् ।
उनले भनिन्,‘नेपाल संवतको आफ्नै मौलिक पहिचान छ । व्यवहारिक रूपमा पनि यसको निकै महत्व छ । हामीले मनाउने विभिन्न संस्कृति, कलाकृति, जात्रा पर्वहरू सबै हामीले नेपाल संवतकै आधारमा मनाउँछौँ । यस कारण पनि नेपाल संवतलाई हामीले प्रयोग गर्नुपर्छ । यसलाई अझै धेरैले जान्ने, बुझ्ने, प्रयोग गर्न सक्ने बनाउनुपर्छ ।’
साथै उनले मनाउँदै आइरहेको र व्यवहारमा लागु गरिरहेको नेपाल संवतलाई बलियो बनाउनुपर्ने बताइन् । उनले प्रशासनीय रूपमा नेपाल संवतलाई तीव्र गतिमा लैजान ध्यान दिनुपर्ने बताइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।