logo-img

देउसी भैलोबाट संकलित रकमले अक्षयकोष स्थापना

म्याग्दीको मालिका-७ बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयमा अक्षयकोष स्थापनाका लागि खेलिएको देउसी भैलोमा  ३२ लाख ४४ हजार संकलन भएको छ । तीन दिनको अवधिमा सो रकम संकलन भएको हो ।

विद्यालय स्थापना गर्न किसानी सञ्जीवनी अक्षयकोषका लागि एउटै वडावासीले स्वस्फूर्तरुपमा उक्त रकम सहयोग गरेका किसानी कृषि प्राविधिक शिक्षालयका प्राचार्य जंगबहादुर गर्बुजाले जानकारी दिए ।

उनका अनुसार अक्षयकोष स्थापना गर्न बिम गाउँका सात टोलका बासिन्दाले न्यूनतम २९ हजारदेखि अधिकतम १३ लाख १९ हजारसम्म दान गरेका छन् । यही कात्तिक १४ गतेदेखि १६ गतेसम्म गाउँमा सञ्चालन गरिएको देउसी भैलोमा मालिका‍-७ बिमको  तल्लोगाउँ टोलबाट १३ लाख सहयोग प्राप्त भएको छ ।

त्यसैगरी बिमबाङ टोलबाट ११ लाख, डाँडागाउँ टोलबाट रु पाँच लाख, ढुनोट टोलबाट एक लाख ७७ हजार, नौमाने टोलबाट ४३ हजार, अर्कला टोलबाट ३० हजार र इल्पु टोलबाट रु दुई हजार सहयोग जुटेको हो । आज देउसी भैलो कार्यक्रम  समापन गरिएको छ ।

व्यावसायिक कृषितर्फउन्मुख क्षेत्रमा बाली विज्ञान, पशु चिकित्सा (भेटेरेनरी) विषयमा पढाइ हुने यस शिक्षालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । बिममा २०६८ सालमा सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी २९ महिने जेटिए, २०७२ सालदेखि तीनवर्षे डिप्लोमा इन एग्रिकल्चर (बाली विज्ञान) र तीनवर्षे पशुविज्ञान तहको पठनपाठन सुरु भएको थियो । अहिले यहाँ २१ जिल्लाका विद्यार्थी अध्ययनरत रहेका किसानी कृषि प्राविधिक शिक्षालयका प्राचार्य गर्बुजाले बताए । 





  • प्रकाशित मिति : कात्तिक १७, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया