logo-img

‘प्रदेशका नीति तथा प्राथमिकतामा स्थिरता आवश्यक’

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सरकारको तहमा राजनीतिक परिवर्तनका कारण नीतिगत व्यवस्था र प्राथमिकतामा स्थिरता आवश्यक रहेको बताएका छन् ।

उनले अल्पमत र बहुमतका आधारमा कार्यपालिका परिवर्तन हुने शासकीय प्रणाली रहेकाले सरकारको दृष्टि, उद्देश्य र लक्ष्य प्राप्तिका लागि स्थायी सरकार अर्थात् कर्मचारीतन्त्र क्रियाशील हुनुपर्ने उल्लेख गरे । सुशासन र संघीयता कार्यान्वयनमा मधेस प्रदेशको अवस्थाबारे हाम्रो भिजन मिडियाले गरेको अध्ययनको सारसंक्षेप प्रस्तुतीकरण कार्यक्रम गरेको थियो ।

उनले भने, ‘एउटा सार्थक र परिमाण युक्त गन्तव्यमा सरकार पुग्नुपर्छ । त्यसक्रममा मैले के गरेँ र ती काम गरिरहँदा आत्मसन्तुष्टि भयो कि भएन भन्ने कुराको समीक्षा राजनीतिक नेतृत्वसँगै कर्मचारीले पनि गर्नुपर्छ ।’

उनले अध्ययनका क्रममा देखिएका कमीकमजोरीबारे समीक्षा गरी तीनलाई सच्याउन विभिन्न मन्त्रालयका कर्मचारीलाई निर्देशन दिएका छन् ।





  • प्रकाशित मिति : कात्तिक २६, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया