logo-img

बागमती सरकारले बढायो मन्त्रालयको संख्या, गरिबी नियन्त्रणमा श्रेष्ठ

बागमती प्रदेश सरकारले मन्त्रालय विभाजन गरेको छ । आज मकवानपुरमा बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयबाट सहकारीलाई अलग गरी सहकारी तथा गरिबी नियन्त्रण मन्त्रालय बनाएको हो ।

बिना विभागीयमन्त्री मधु श्रेष्ठलाई जिम्मेवारी तोक्न मुख्यमन्त्री बहादुर सिं लामा नेतृत्वको सरकारले मन्त्रालयको सङ्ख्या बढाएको हो । यससँगै प्रदेशमा मन्त्रालयको कुल सङ्ख्या १४ पुगेको छ ।

विना विभागीय मन्त्री श्रेष्ठलाई छिट्टै मन्त्रिपरिषद्को बैठकले जिम्मेवारी प्रदान गर्ने सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।

श्रेष्ठ कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । उनले गत ९ साउनमा विनाविभागीय मन्त्रीको शपथ लिएका थिए । 





  • प्रकाशित मिति : कात्तिक २७, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया