एउटा व्यक्तिको प्रतिष्ठाका लागि संसद् झुक्नुपर्ने ? यो लोकतन्त्र होइन : कांग्रेस सांसद रिजाल

काठमाडौं– सभामुख कृष्णबहादुर महराले संसदको गरिमा कायम गर्न नसकेको कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले आरोप लगाएका छन् । मंगलबार सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा रिजालले सभामुखको कार्यशैलीप्रति आपत्ति जनाएका हुन् ।

‘यसरी संसद चल्दैन, सभामुख महोदय, तपाईंले संसदको गरिमा कायम गर्न सक्नुभएन,’ कांग्रेस सांसदको नाराबाजीका बीच सभामुखले प्रधानमन्त्री ओलीलाई बोल्न समय दिएपछि रिजालले भने, ‘हामीले संशोधन दर्ता गरायौँ । सभामुख महोदयसँग संसदको मर्यादालाई कायम गर्नुहुन्थ्यो भनेर आशा थियो । सभामुखले त्यो काम सक्नुभएन ।’ संसदीय अभ्यासमा यो भन्दा नराम्रो काम हुन नसक्ने रिजालको दाबी थियो । 

संसदको गरिमालाई तल पारिएको उल्लेख गर्दै उनले भने, ‘संसदको अभ्यासलाई कमजोर नबनाउनुस्, एउटा व्यक्तिको प्रतिष्ठाका लागि संसद झुक्नुपर्ने, नागरिक झुक्नुपर्ने ? यो लोकतन्त्र होइन, यो संविधान होइन, त्यही आशंका भएर संशोधन राखेको हो ।’

सभामुख महराले नीति तथा कार्यक्रममाथि परेको संशोधन प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेका थिए । उनले कांग्रेस सांसद रिजाललाई संशोधन प्रस्ताव फिर्ता लिने वा नलिने भन्ने जवाफका लागि समय दिएका थिए । 

रिजालले संशोधन प्रस्ताव फिर्ता नलिएपछि सभामुख महराले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरे । संशेधन प्रस्ताव संसदको बहुमतले अस्वीकृत गर्यो । 





  • प्रकाशित मिति : बैशाख २४, २०७६ मंगलबार १६:५५:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया