logo-img

२० मेडिकल कलेजका अस्पतालको शय्या क्षमता सार्वजनिक

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चालन अनुमति प्राप्त गरेका मेडिकल कलेज तथा विभागीय अस्पतालहरूको विवरण सार्वजनिक गरेको छ । मन्त्रालयले तीन सय शय्या बढी क्षमतामा मन्त्रालयबाट अनुमति लिएका त्यस्ता कलेजहरूले सञ्चालन गरेका २० अस्पतालहरूको शय्या क्षमतासम्बन्धी विवरण सार्वजनिक गरेको हो ।

मन्त्रालयसँग अनुमति प्राप्त गरेका मध्ये सबैभन्दा धेरै शय्या रहेको मेडिकल कलेज भरतपुरस्थित चितवन मेडिकल कलेज रहेको छ । कलेजसँग पाँच सय शय्या क्षमता छ । त्यसैगरी चार सय शय्या क्षमता सञ्चालनका लागि अनुमति पाएका मेडिकल कलेजको संख्या तीन छ ।

लुम्बिनी मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल–पाल्पा, लर्ड बुद्ध एजुकेशन एकेडेमी ,नेपालगञ्ज मेडिकल कलेज–बाँके, नेपाल मेडिकल कलेज शिक्षण अस्पताल जोरपाटीले चार सय शय्या क्षमतामा अस्पताल सञ्चालनको अनुमति प्राप्त गरेका छन् ।

बाँकी मेडिकल कलेजलगायत नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी १६ अस्पतालहरूले भने तीन सय शय्या क्षमतामा अस्पताल सञ्चालनको अनुमति पाएका छन् ।

मन्त्रालयले शय्या अनुमतिका आधारमा सेवा सञ्चालन भए/नभएको अनुगमनको तयारी गरिरहेको छ । क्षमताभन्दा बढी शय्या सञ्चालन भए/नभएको तथा बढी क्षमताबारे प्रचार भए/नभएको स्थिति अनुगमन गरी आवश्यक कारबाही गर्ने मन्त्रालयले तयारी गरिरहेको प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी गराए ।





  • प्रकाशित मिति : मंसिर १३, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया