नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपाल प्रिमियर लिग (एनपिएल) ले नेपाली क्रिकेटलाई थप उचाइमा पुर्याउने बताएका छन् ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष चन्दले क्रिकेटलाई थप उचाइमा पुर्याउन सबैको सहयोगले सम्भव भएको बताएका हुन् ।
‘शनिबार हाम्रो प्रतीक्षाको दिन हो । नेपाली क्रिकेटले नयाँ युगको सुरुवात गर्ने दिन ३० नोभेम्बर २०२४ । नेपाल प्रिमियर लिग (एनपिएल) मार्फत नेपाली क्रिकेटलाई थप नयाँ उचाइमा पुर्याउने एउटा प्रयास हो । यो सबैको सहयोगले सम्भव भएको छ । टियू क्रिकेट मैदान ९९ प्रतिशत काम क्रिकेट खेल्नको लागि पूरा गरिसकेका छौँ,’ चन्दले भने ।
उनले आठवटै टिमको तयारी राम्रो भएको जानकारी पनि गराए । चन्दले आज राति पनि फिल्ड अपरेशनको काम पूरा गरेर शनिबारको तयारी हुने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।