विद्युतीय अपराधमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं थप चार दिन हिरासतमा बस्ने भएका छन् । शुक्रबार जिल्ला अदालत काठमाडौंले उनलाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत कसुर गरेको आरोपमा पक्राउ परेका प्रसाईंलाई शुक्रबार थप चार दिन हिरासतमा राख्न अनुमति दिएको नेपाल प्रहरीको साइबर ब्यूरोका एसपी दीपकराज अवस्थीले जानकारी दिए ।
गत आइतबार उनलाई पाँच दिन हिरासतमा राख्न अदालतले प्रहरीलाई अनुमति दिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।