logo-img

एनपिएल खेल्न नेपाल आइपुगे शिखर धवन

भारतका चर्चित क्रिकेटर शिखर धवन नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न नेपाल आइपुगेका छन् । कर्णाली याक्समा आबद्ध धवन एनपिएल खेल्न शुक्रबार साँझ काठमाडौं आइपुगेका हुन् । 

उनलाई कर्णाली याक्स टिमका अफिसियलहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । एनपिएलमा धवन सर्वाधिक ठूलो नाम हो ।

उनी भारतीय टोलीबाट सन् २०१३ को च्याम्पियन्स ट्रफी तथा सन् २०१६ र २०१८ को एसिया कप जित्दाका सदस्य थिए । यस्तै, धवनले आइपिएल टिम सनराइजर्स हैदराबादबाट आइपिएलको उपाधि पनि जितेका छन् ।

उनले भारतका लागि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ६६ खेलबाट १ हजार ७५९ रन बनाएका छन् । सबैखाले टी–२० मा ३३४ खेल खेलेका धवनले ९ हजार ७९७ रन बनाएका छन् ।  





  • प्रकाशित मिति : मंसिर १४, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया