logo-img

भुटानबाट स्वदेश फर्कियो राष्ट्रिय सेवा दलको टोली

राष्ट्रिय सेवा दलको टोली  मित्रराष्ट्र भुटानमा आयोजना भएको ‘यूथ एक्सचेन्ज प्रोग्राम’ (वाइइपी) मा सहभागी भएर आज बिहीबार स्वदेश फर्किएको छ ।

सहायक रथी महेश कुमार थापाको नेतृत्वमा ९ सदस्यीय टोली २९ मंसिरमा भुटान प्रस्थान गरेको थियो । टोलीमा राष्ट्रिय सेवा दलका क्याडेट छात्र/छात्राहरूसमेत सहभागी थिए ।

वि.सं. २०२२ सालमा स्थापना भएको राष्ट्रिय सेवा दल, नेपालमा तालिमरत क्याडेट छात्र/छात्राहरूले वि.सं. २०२६ सालबाट विभिन्न देशहरूमा सञ्चालित वाइइपीमा सहभागीता जनाउँदै आएका छन् । 

यस कार्यक्रम अन्तर्गत नेपालबाट हालसम्म भारत, श्रीलंका, बंलादेश, भुटान, मालदिभ्स, पाकिस्तान, सिंगापुरलगायतका देशहरूमा राष्ट्रिय सेवा दलका क्याडेट छात्र छात्राहरूले भ्रमण गरिसकेका छन् ।



राष्ट्रिय सेवा दल अन्तर्गत नेपालमा हालसम्म ७४ हजार ४८० जना छात्र/छात्राहरूले सिनियर तथा जुनियर डिभिजन तालिम प्राप्त गरिसकेका छन् भने यस वर्ष ७ हजार ७०४ छात्र/छात्राहरू उक्त तालिममा सहभागी भइसकेको नेपाली सेनाले जनाएको छ ।  





 

  • प्रकाशित मिति : पुस ५, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया