logo-img

देशमा लोडसेडिङ हुँदा रमाउने जमात देखियो : कुलमान घिसिङ

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् क्षेत्रमा बजेटको अभाव भएको बताएका छन् । शुक्रबार एक कार्यक्रममा बोल्दै उनले धेरै पूर्वाधारहरू बनाउनुपर्ने भए पनि बजेट अभावका कारण बन्न नसकेको बताएका हुन् ।

उनले भने, ‘हामीसँग बजेटको अभाव छ । लिमिटेड मात्र बजेट हामीसँग छ । धेरै पूर्वाधारहरू बनाउनुपर्नेछ । अर्थ मन्त्रालयबाट बजेटको धेरै आशा पनि गर्न सकिँदैन। तर यसमा राज्यले बढी हेर्नुपर्छ । नेपालको पूर्वाधार क्षेत्रमा ठूलाठूला विकासका परियोजनाहरूको काम भइरहेको छ । बत्ती र बाटोको विकास भएको छ । जुन हाम्रो ठूलो पूर्वाधारको विकासको आधार हो । नेपालको विद्युत् क्षेत्रको ठूलो विकास हुनेछ, यसका लागि ठूलो लगानी आवश्यक छ । ठूला परियोजनाहरूका लागि वैदेशिक लगानी चाहिन्छ ।’

यसै गरी, घिसिङले देशमा लोडसेडिङ हुँदा रमाउने जमात देखिएको बताए । उनले लोडसेडिङ हुँदा रमाउने जमातले नै लोडसेडिङको हल्ला फैल्याएको उनको आरोप छ । 

उनले भने, ‘नेपालमा नकारात्मक कुराहरूको जमात बढ्दो छ । देशमा लोडसेडिङ हुँदा रमाउने जमात धेरै देखेँ । लोडसेडिङ हुँदा रमाउने जमातले नै लोडसेडिङको हल्ला फैल्याइरहेका हुन्छन् । तर  विद्युत् प्राधिकरण नाफामा गयो भन्नासाथ एकदमै खुसी नहुने र घाटामा गयो भने एकदमै खुसी हुने जमात पनि छ ।’ 



उनले अहिले लोडसेडिङ नभएर आयोजनाहरूमा आएको प्राविधिक कारणले केही घण्टा जलविद्युत् वितरणमा समस्या भएको बताए । माथिल्लो तामाकोसी र काली गण्डकी बन्ने बित्तिकै लोडसेडिङको समस्या समाधान हुने उनको भनाइ छ । 





  • प्रकाशित मिति : पुस ५, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया