इजरायलः निर्वाचन सकिएको धेरै पछिसम्म किन बनेको छैन सरकार ?

एजेन्सी– इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले ९ अप्रिलमा भएको आम निर्वाचनमा पाँचौ पटक जिते । एक दशकसम्म इजरायलका प्रधानमन्त्री भइसकेका उनले अब पनि इजरायललाई नेतृत्व प्रदान गर्ने छन् । त्यसो त उनीविरुद्ध भ्रष्टाचारको आरोप तथा मुद्दा नलागेका होइनन्, तर उनले ती आरोपको खण्डन गर्दै आएका छन् । 

यसपटकको निर्वाचनमा उनले विजय प्राप्त गर्नु भनेको त्यहाँ जनमतसंग्रह भएको र त्यो बेन्यामिनको पक्षमा भएको भन्दै व्याख्या गरिएको छ । यस्तो किन पनि होला भने बेन्यामिन र अमेरिकाको सम्बन्ध पछिल्लो चरणमा निकै राम्रो मान्न थालिएको छ ।

तर, ९ अप्रिलमा निर्वाचनको नतिजा आए पनि एक महिनासम्म बेन्यामिनले सरकार गठन गर्न सकेका छैनन् । त्यसैले अब विस्तारै प्रश्न जन्मिन थालेका छन्, आखिर किन ? 

इजरायलको कानुनअनुसार निर्वाचनको नतिजा आएको २८ दिनसम्ममा सरकार बनाइ सक्नु पर्छ । बेन्यामिनले चाहिँ थप १४ दिनको समय माग गरेका थिए । अब उनले २९ मेसम्ममा सरकार बनाइसक्नु पर्ने थियो । तर, त्यो गर्न पनि उनले सकेका छैनन् । 

बेन्यामिनका प्रवक्ताले चाहिँ उनले अझै केही समय माग्न सक्ने बताएका छन् । ‘गाजा क्षेत्रमा प्यालेस्टाइनसँग भएको युद्धका कारण पनि सरकार बनाउन ढिलो भएको हो,’ प्रवक्ताले भनेका छन्, ‘अरु कार्यक्रमहरुका कारण पनि यो ढिलाइ भएको हो ।’

त्यसो त बेन्यामिनले यसपटक पनि गठबन्धन बनाएर सरकार बनाउनु पर्ने हुन्छ । किनकि इजरयालमा यसअघिको जस्तै अहिलेसम्म पनि कुनै पनि पार्टीलाई स्पष्ट चुनाव जित्ने मौका मिलेको छैन । १२० सिट रहेको संसदमा सबैभन्दा ठूलो विषय चाहिँ प्यालेस्टाइनसँगको इजरायलको सम्बन्ध हुने गरेको छ ।



त्यसो त अन्तर्राष्ट्रिय सन्चारमाध्यममा बेन्यामिनले आफूमाथि लागेका आरोपमाथि अदालतले फैसला गर्ने समय पनि कुरिरहेको हुनसक्ने बताएका छन् ।



  • प्रकाशित मिति : बैशाख ३०, २०७६ साेमबार १८:५१:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया