logo-img

दुई गोलको अग्रता जोगाउन नसक्दा पिएसजीसँग सिटी पराजित

युरोपियन च्याम्पियन्स लिगमा इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग ४–२ को हार बेहोरेको छ ।  

पेरिसमा भएको खेलमा सिटीले दुई गोलको अग्रता जोगाउन नसक्दा पिएसजीसँग हार बेहोरेको हो । सिटीको लागि ५० औँ मिनेटमा ज्याक ग्रेलीस र ५३ औँ मिनेटमा एर्निङ हालान्डले गोल गरेका थिए ।  

यद्यपि सिटीको अग्रता पिएसजीले तोड्यो । उसका लागि ५६ औँ मिनेटमा ओस्मान डेम्बेले र ६० औँ मिनेटमा ब्राडली बारकोलाले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

जोआओ नोभेसले ७३ औँ मिनेटमा गोल गरेपछि पिएसजीले ३–२ को अग्रता लियो । खेलको इन्जुरी समयको तेस्रो मिनेटमा गोन्कालो रामोसले गोल गर्दै पिएसजीलाई ४–२ को जित दिलाए ।



यो जितपछि पिएसजी नकआउट चरणमा पुगेको छ । सिटीले भने अन्तिम खेल कुर्नुपर्ने समीकरण बनेको छ । 



  • प्रकाशित मिति : माघ १०, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया