मिडिया, मानव अधिकार र सुरक्षा परिषद् विधेयकलाई एकै ठाउँ राखेर नहेरौँ : बाबुराम भट्टराई

काठमाडौँ– समाजवादी पार्टी, नेपालका केन्द्रीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले मिडिया काउन्सिल, मानव अधिकार आयोग र सुरक्षा परिषद् विधेयकलाई एकै ठाउँमा राखेर हेर्न नहुने बताएका छन् । सोमबार ट्वीट गर्दे भट्टराईले यि विधेयकलाई एकै ठाउँमा राखेर हेर्न नहुने बताएका हुन् ।   

पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले विधेयकलाई एकै ठाउँमा राखेर हेर्दा सत्ताधारी नेताहरूको मानसिकता स्टालिन-पोलपोटको एकमनावादी धंगधंगीबाट ग्रसित भएको टिप्पणी गरे ।

उनले भने, 'मिडिया काउन्सिल,मानव अधिकार आयोग,सुरक्षा परिषद लगायतका बिधेयकहरूलाई एकै ठाउँमा राखेर हेर्ने हो भने सत्ताधारी कमरेडहरूको मानसिकता स्टालिनरपोलपोटको एकमनावादी धंगधंगीबाट अझै ग्रसित देखिन्छ । ’ 

भट्टराईले यस्तो सोचले विश्व कम्युनिस्ट आन्दोलन ध्वस्त भएको हैन र ? भन्दै सत्ताधारीलाई नेकपालाई प्रश्न गरेका छन् । उनले भने,‘यस्तै सोचले विश्व कम्युनिस्ट आन्दोलन ध्वस्त भएको हैन र ? अनि केको जवज र एशज ? बहस त्यता गर्ने कि ?   





  • प्रकाशित मिति : जेठ ६, २०७६ साेमबार १०:५०:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया