विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक देश भारतमा लोकसभाको निर्वाचन आइतबार सकिएको छ । २३ मेमा यसको नतिजा आउनेछ तर यसभन्दा अगाडि नै प्रधानमन्त्री नरेन्द्र मोदी र सत्तारुढ पार्टी भारतीय जनता पार्टीलाई माल्दिभ्सले बधाई दिएको छ ।
माल्दिभ्सका पूर्व राष्ट्रपति मोहम्मद नसिदले प्रधानमन्त्री मोदी र बिजेपीलाई बधाई दिँदै भारतसँगको सम्बन्ध सुदृढ रहने बताएका छन् ।
एग्जिट पोल्सले भारतमा फेरि मोदीको सरकार बन्ने संकेत गरेपछि आधिकारिक नतिजा आउनुभन्दा अगाडि नै नसिदले ट्विट गर्दै लेखेका छन् –‘भारतीय चुनाव सम्पन्न भइसकेको छ, योसँगै प्रधानमन्त्री नरेन्द्र मोदी र बिजेपीलाई बधाई । माल्दिभ्सका जनता र सरकार प्रधानमन्त्री नरेन्द्र माेदी र बिजेपी नेतृत्वको सरकारसँग सहकार्य र सहयोगी सम्बन्ध राख्न खुशी हुनेछन् ।’
As Indian polls close, congratulations are in order for @narendramodi and the BJP. I am sure the Maldives people and Govt will be delighted to continue their close cooperation with the PM and the BJP-led Govt.
— Mohamed Nasheed (@MohamedNasheed) May 19, 2019
लोकसभाको कुल ५४३ सीटमध्ये ५४२ सीटमा भोटिङ भइसकेको छ । तमिलनाडुको वेल्लोर सीटमा चुनाव आयोगले मतदान रद्द गरेको थियो ।
आइतबार सातौं तथा अन्तिम चरणको भोटिङ सकिएपछि जारी गरिएका सबै एग्जिट पोल्सको नतिजामा एनडिएको फेरि बहुमत आउने भविष्यवाणी गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।