भारतीय इतिहासमा पहिलो पटक बहुमतसाथ दोहोरिँदै गैर कांग्रेसी सरकार

एजेन्सी– बिहिबार विहानबाट विश्वकै सबैभन्दा ठूलो लोकतन्त्र मानिएको भारतमा १७ औं लोकसभा निर्वाचनको मतगणना सुरु गरिएको छ । प्रारम्भिक गणनाका अनुसार भारतीय जनता पार्टीले यसपटक पनि फेरि बहुमत ल्याउने देखिएको छ । यस्तो भयो भने पहिलो पटक लगातार दोस्रो पटक बहुमतका साथ सरकार बनाउने पहिलो पार्टी भारतीय जनता पार्टी हुनेछ । 

यसअघि भारतीय जनता पार्टीले २ सय ८२ स्थानमा निर्वाचन जितेको थियो । यसपटक पनि एक्जिट पोलका अनुमान र प्रारम्भिक गणना सही भएको खण्डमा भारतीय जनता पार्टीको गठबन्धन एनडिएले स्पष्ट बहुमत ल्याउने देखिएको छ । 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी वाराणसीमा निकै धेरै मतले अगाडि छन् । राहुल गान्धी वायनाडा, राबरेलीमा सोनिया गान्धी अगाडि छन् । उता, विहारमा महागठबन्धनका उम्मेदवार शरद यादव ४० हजार भोटले पछाडि छन् । 

यसबीच भारतमा चुनावी नतिजाको असर त्यहाँको सेयर बजारमा देखिएको छ । त्यहाँको सेयर बजारले निकै ठूलो छलाङ मारेको छ । पछिल्लो पटक त्यहाँको सेन्सेक्स ४० हजारभन्दा माथि पुगेको सन् २०१४ को मेमा थियो । 

भारतीय इतिहासमा यसअघि जवाहरलाल नेहरुले लगातार तीन पटक तथा इन्दिरा गान्धीले लगातार दुई पटक भारतीय कांग्रेसलाई पूर्ण बहुमत दिलाएर सरकार बनाएका थिए । नेहरुले सन् १९५२, १९५७ र १९६२ मा निर्वाचन जितेका थिए । इन्दिरा गान्धीले सन् १९६७ र १९७१ म पूर्ण बहुमतका साथ निर्वाचन जितेका थिए । 

अब मोदीले पनि इन्दिरा गान्धीको बराबरी गरेको टिप्पणी भारतीय मिडियामा आउन थालिसकेको छ । सन् २०१४ मा भारतीय जनता पार्टीले २८२ सिटमा जित हासिल गरेको थियो । यसपटक पनि भारतीय जनता पार्टीले २८० भन्दा धेरै सिटमा जित्ने देखिएको छ । 





  • प्रकाशित मिति : जेठ ९, २०७६ बिहीबार ११:३४:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया