मोदीलाई बधाई दिँदै इमरानले लेखे– दक्षिण एसियाको शान्ति र समृद्धिका लागि सँगै काम गराैँ

नयाँ दिल्ली– भारतीय लोकसभा निर्वाचनको मतगणनामा सत्तारुढ भाजपाको भारी अग्रता देखिएसँगै विश्वभरबाट प्रधानमन्त्री मोदीलाई बधाईको ओइरो लागेको छ ।

यसै क्रममा भारतसँग कटुतापूर्ण सम्बन्धमा रहेको छिमेकी मुलुक पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पनि मोदीलाई बधाई दिएका छन् । 

केहीबेरअघि ट्विटमार्फत मोदीलाई बधाई दिँदै इमरानले लेखेका छन्, ‘दक्षिण एसियामा शान्ति, समृद्धि र प्रगतिका लागि उनीसँग काम गर्न चाहेको छु ।’ 

चुनावअघि पनि इमरानले फेरि एकपटक मोदी नै सत्तामा आउनुपर्ने आशय प्रकट गरेका थिए । 





  • प्रकाशित मिति : जेठ ९, २०७६ बिहीबार १९:८:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया