प्रधानमन्त्रीकाे शपथपछि माेदी पहिलाे विदेश यात्रामा माल्दिभ्स निस्कने

दिल्ली– प्रधानमन्त्री नरेन्द्र माेदी ७ वा ८ जुनमा माल्दिभ्सकाे भ्रमणमा निस्कने भएका छन् । प्रधानमन्त्री माेदीकाे नेतृत्वमा दाेस्राेपटक सरकार गठन गरेपछि याे उनकाे पहिलाे विदेश यात्रा हुनेछ । न्युज एजेन्सीहरुले याे जानकारी दिएका हुन् ।  

माेदी आफ्नाे पहिलाे कार्यकालमा ५५ महिनामा ९३ पटक विदेश यात्रा गरेका थिए । 

भारतका पूर्व प्रधानमन्त्री मनमाेहन सिंह पनि १० वर्षमा ९३ देश पुगेका थिए । तर माेदी याे मामिलामा पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीभन्दा पछाडि छन् । उनले १६ वर्षमा ११३ देशकाे भ्रमण गरेकी थिइन् । पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीले ४८ देश घुमेका थिए । भारतका पहिलाे प्रधानमन्त्री जवाहरलाल नेहरुले १९४७ देखि १९६२ काे  बीच ६८ पटक विदेश भ्रमण गरेका थिए । 

नरेन्द्र माेदीले ३० मे मा प्रधानमन्त्री पदकाे शपथ लिने छन् । राष्ट्रपति भवनमा साँझ ७ बजे माेदीसँगै केन्द्रीय मन्त्रीहरुलाई पनि शपथ गराइनेछ । यसपटक एनडिएका ३५२ सांसद रहेका छन् । जसमा ३०३ जना भाजपाका मात्र रहेका छन् । 





  • प्रकाशित मिति : जेठ १३, २०७६ साेमबार १२:५८:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया