माेदीकाे शपथ समाराेहमा नेपाललाई निम्ताे

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ समारोहमा नेपाललाई औपचारिक निमन्त्रणा आएको छ । सो समारोहमा नेपाललगायत विमस्टेक सदस्य राष्टहरुलाई निमन्त्रणा गरिएको भारतीय विदेश मन्त्रालयले जानकारी दिएकाे छ ।

मन्त्रालयका प्रवक्ता रविश कुमारले ट्वीट गर्दै मे ३० मा हुने माेदीकाे दाेस्राे कार्यकालकाे शपथ ग्रहणमा निमन्त्रणा गरेकाे बताएका हुन् । 

यसअघि सार्क अध्यक्ष लगायत सदस्य राष्टका प्रमुखहरुलाई सपथ समारोहमा निमन्त्रणा गर्ने गरिन्थ्याे ।

तर यो पटक भने विमस्टेक सदस्य राष्टका प्रमुखहरुलाई निमन्त्रणा गरिएको हो । सपथ समारोहका लागि निम्तो आएपछि प्रधानमन्त्री केपी ओली भारत भ्रमणमा जाने तयारीमा रहेको श्रोतले जनाएको छ ।

 



 



  • प्रकाशित मिति : जेठ १४, २०७६ मंगलबार ८:३२:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया