सुमार्गीको नाममा विदेशबाट आएको रकम फुकुवा गर्न राष्ट्र बैंकका नाममा परमादेश

काठमाडौं– सर्वोच्च अदालतले व्यापारी अजेय सुमार्गीको नाममा विदेशबाट आएको रकम फुकुवा गर्न राष्ट्र बैंकका नाममा परमादेश जारी गरेको छ । सुमार्गीको नाममा इन्भेस्टमेन्ट बैंकमा आएको ७५ लाख अमेरिकी डलर (झन्डै ८० करोड रुपैयाँ) फुकुवा गर्न सर्वोच्चले परमादेश दिएको हो ।  

प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणा र न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले सुमार्गीले दिएको रिटमा मंगलबार परमादेश जारी गरेको हो । फैसलाको पूर्ण र संक्षिप्त पाठ इजलासले लेखिनसकेको, तर परमादेश हुने फैसला गरेको सर्वोच्च अदालतले जनाएको छ।

यसअघि सर्वोच्चको सोही आदेश प्रधानन्यायाधीश राणासहितकै इजलासले बदर गरेको थियो । सर्वोच्चका तत्कालीन न्यायाधीश दीपकराज जोशीले सुमार्गीका नाममा आएको रकम फुकाउन आदेश दिएका थिए । 

पहिले आफूले उल्ट्याएको आदेश राणासहितको इजलासले पाँच महिना नपुग्दै सच्याएर पुनः सुमार्गीको पक्षमा परमादेश जारी गरेको छ ।

आफ्नो नाममा आएको रकम रोकिएपछि सोविरुद्ध सुमार्गीले रकम फुकुवाका लागि अन्तरिम आदेश माग गर्दै निवेदन हालेका थिए ।





  • प्रकाशित मिति : जेठ १४, २०७६ मंगलबार १८:२०:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया