काठमाडौं– अर्थमन्त्री डा.युवराज खतिवडाले श्रम र रोजगारका लागि ७ अर्ब १४ करोड बजेट विनियोजन गरेको बताएका छन् । बुधबार आर्थिक वर्ष ०७६-७७ को बजेट प्रस्तुत गर्दै सो कुरा बताएका हुन् ।
अर्थमन्त्री खतिवडाले प्रधानमन्त्री रोजगारका कार्यक्रमका लागि ५ अर्ब १ करोड छुटाइको जानकारी दिए । यस्तै, योगदानमा आधारित सामाजिक सुरक्षा कोषका लागि ६४ अर्ब ५० करोड बजेट विनियोजन गरेको मन्त्री खतिवडाले संसदलाई जानकारी गराए ।
८३ हजार युवालाई सीपमूलक तालिमका लागि १ अर्ब ७२ करोड बजेट विनियोजना गरिएको छ । सबै स्थानीय तहमा बेरोजगार युवालाई रोजगार सूचना केन्द्रमार्फत रोजगारको अवसर मिलाइने बजेटमार्फत बताइएको छ ।
वैदेशिक रोजगारीबाट फर्किएका कामदारलाई कृषिमा लगाइनेछ । यसैगरी वैदेशिक रोजगारीमा जाने कामदारका हकमा सवै लागत खर्च रोजगारदाता देश नै ब्यहोर्ने व्यवस्था योजना अघि सारिएको छ ।
अर्थमन्त्री खतिवडाले वैदेशिक रोजगारीमा जाने कामदारको संख्या ३९ प्रतिशतले घटेको जानकारी गराउँदै विदेशमा रहेका कामदारको कमाईबाट भित्रिने रेमिट्यान्स भने २० प्रतिशत वृद्धि भएको जानकारी गराएका छन् ।
उनले रेमिट्यान्सलाई उत्पादन क्षेत्रमा लगाउने विषेश योजना ल्याइने पनि बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।