मोदीले लिए सपथ, आमाले हेरिन् टेलिभजिनमा

एजेन्सी– भारतमा नरेन्द्र मोदीले दोस्रो कार्यकालको प्रधानमन्त्रीका रुपमा सपथ लिएका छन् । राष्ट्रपति भवनमा आयोजना गरिएको एउटा भव्य कार्यक्रममा मोदीले सपथ लिएका हुन् । 

मोदीसँगै बिहिबार नै २५ क्याबिनेट मन्त्रीले सपथ लिएका छन् । यसमा भाजपाका अध्यक्ष अमित शाह, राजनाथ सिंह, स्मृति इरानीलगायत छन् । यसअघिको मोदी क्याबिनेटमा विदेशमन्त्री रहेकी सुषमा स्वराजले चाहिँ यसपटक निर्वाचन पनि लडेकी थिइनन् । उनले फेरि विदेश मन्त्रालय सम्हाल्ने कुरा चलेको थियो । तर, उनले सपथ लिइनन् । 

यसबीच बिहारका मुख्यमन्त्री नीतिश कुमारले आफूहरु सरकारको हिस्सा नभएको बताएका छन् । उनले आफूहरुलाई सांकेतिक मन्त्रीजस्तो पद मात्र दिन खोजिएको भन्दै सरकारमा सहभागी नभएको बताएका हुन् । 

सन् २०१४ मा पहिलो पटक मन्त्री हुँदा मोदीले ४५ मन्त्रीहरुलाई पनि सपथ खुवाएका थिए । तर, पछि उनको सरकारमा मन्त्रीको संख्या ७६ पुगेको थियो ।

उता, मोदीकी आमा हीराबेन मोदीले छोरा प्रधानमन्त्री बनेको दृश्य चाहिँ घरमा नै टिभीमा हेरिन् । 





  • प्रकाशित मिति : जेठ १६, २०७६ बिहीबार २०:५२:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया