कर्मचारी विज्ञापनप्रति मुख्यमन्त्री राउतको आपत्ति, कानुनी उपचार खोज्ने चेतावनी

काठमाडौं– लोकसेवा आयोगले खुलाएको कर्मचारीको विज्ञापनप्रति प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आपत्ति जनाएका छन् । आयोगले गत जेठ १५ गते स्थानीय तहका लागि नौ हजार कर्मचारीको आवेदन माग गरेको थियो । 

शुक्रबार महोत्तरीमा सम्पन्न प्रदेश समन्वय परिषद्को बैठकमा बोल्दै मुख्यमन्त्री राउतले संघीय सरकारले संविधानको भावनाविपरीत  कर्मचारीको आवेदन माग गरेको दाबी गरेका छन् । समावेशितालाई लत्याउँदै खोलिएको यस्तो विज्ञापन स्वीकार्य नहुने उनले बताए । 

स्थानीय तहको कर्मचारी व्यवस्थापन प्रदेश सरकारले गर्ने स्पष्ट व्यवस्था संविधानमा रहेको बताउँदै उनले संविधानविपरित भइरहेको गतिविधिविरुद्ध कानुनी उपचार खोज्ने चेतावनी दिएका छन् ।

सरकारले एकपछि अर्को गर्दै प्रदेशको अधिकार खोस्ने प्रपञ्च गरिरहेको आरोप लगाउँदै मुख्यमन्त्री राउतले सोविरुद्ध हातेमालो गर्न स्थानीय तहका प्रतिनिधिलाई  आग्रह गरेका छन् । 





  • प्रकाशित मिति : जेठ १७, २०७६ शुक्रबार १७:५३:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया