विश्वकप क्रिकेट: आज अस्ट्रेलिया र वेस्ट इन्डिज भिड्दै

विश्वकप क्रिकेटमा बिहीबार दुई प्रभावशाली टोली अस्ट्रेलिया र वेस्ट इन्डिज भिड्दै छन्। इंग्ल्यान्डकाे नटिङ्घमस्थित ट्रेन्ट ब्रिजमा नेपाली समयअनुसार दिउँसो ३:१५ बजे खेल सुरु हुनेछ।

यी दुवै टोली क्रिकेट विश्वकपकाे पहिलो संस्करणदेखि नै सहभागी हुँदै आएका छन् र दुवै विश्वकपका पूर्व विजेता पनि हुन् । 

अस्ट्रेलियाले हालसम्म पाँच पटक विश्वकपको उपाधि जितिसकेको छ।

वेस्ट इन्डिजले सन् १९७५ मा पहिलो र सन् १९७९ मा दुई पटक विश्वकप उपाधि जितेकाे छ । सन् १९८३ मा भएको तेस्रो संस्करणको फाइनलमा भने भारतले वेस्ट इन्डिजलाई ४३ रनले हराएको थियो। त्यसयता वेस्ट इन्डिज विश्वकपको फाइनलसम्म पनि पुग्न सकेको छैन।

यता अस्ट्रेलियाले सन् १९८७ मा पहिलो पटक विश्वकप जितेको थियो। त्यसपछि अस्ट्रेलियाले सन् १९९९, सन् २००३ र सन् २००७ मा लगातार तीन पटक विश्वकपको उपाधि जित्याे ।

सन् २०१५ मा न्युजिल्यान्डलाई सात विकेटले हराउँदै अस्ट्रेलियाले पाँचौं पटक उपाधि उचालेकाे थियाे । त्यसैले हालसम्मको विश्वकपमा अस्ट्रेलिया सबैभन्दा बलियो टोलीको रूपमा देखिएको छ।



जारी विश्वकपमा अस्ट्रेलिया र वेस्ट इन्डिज दुवैले एक–एक खेल खेलिसकेका छन्। यी दुवै टोली आफ्नो पहिलो खेलमा विजयी भएका थिए। 



  • प्रकाशित मिति : जेठ २३, २०७६ बिहीबार ११:५२:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया