माेदीलाई मालदिभ्सकाे सर्वाेच्च सम्मान ‘निशान इज्जुद्दीन’

माले – मालदिभ्सले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई देशकै सर्वोच्च सम्मान ‘निशान इज्जुद्दीन’ प्रदान गरेको छ। माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सालेहले प्रधानमन्त्री मोदीलाई उक्त सम्मान प्रदान गरेका हुन् । मालदिभ्सकाे मजलिस (संसद) मा उनलाई याे सम्मान दिइएकाे हाे । 

 प्रधामन्त्री माेदीले दोस्रो कार्यकालको शुरुवात मालदिभ्सबाट गर्न पाएको भन्दै खुशी व्यक्त गरेका छन्। माेदी शनिबार दुई दिवसीय यात्रामा माल्दिभ्स पुगेका हुन् । 

सम्मान पाएपछि माेदीले भने, ‘निशान इज्जुद्दीनको सम्मान मेरा लागि हर्ष र गर्वको विषय हो। यो दुवै देशबीचको मित्रता र घनिष्ठ सम्बन्धको सम्मान हो।’

दुई देशका नागरिकबीच सम्पर्क बढाउन भारतमा कोच्ची र मालदिभ्सको कुल्तुफुशी र मालेबीच डुंगा सेवा शुरु गरिने भएको छ। मालदिभ्स र भारतबीच सैन्य प्रणाली सम्बन्धी सम्झौता पनि भएको छ।

मालदिभ्समा विगतको सरकारले चीनलाई महत्व दिएको आरोप लागेको थियो।





  • प्रकाशित मिति : जेठ २६, २०७६ आइतबार १३:५६:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया