सम्पत्ति शुद्धिकरणकाे मुद्दामा पाकिस्तानी पूर्वराष्ट्रपति जर्दारी पक्राउ

इस्लामाबाद– सम्पति शुद्धिकरणसम्बन्धी मुद्दामा पाकिस्तानका पूर्वराष्ट्रपति आसिफ अली जर्दारी सोमबार राजधानी इस्लामाबादमा पक्राउ परेका छन्। उच्च अदालतले जर्दारी र उनकी बहिनीका लागि पूर्वपक्राउ जमानत लम्ब्याउन अस्वीकार गरेपछि प्रहरीले सोमबार उनलाई पक्राउ गरेको हो।

जर्दारी र उनको बहिनीले अर्बौं रुपियाँ लुकाउनका लागि झुटा बैंक खाता प्रयोग गरेको अनुसन्धानमा संलग्न अधिकारीहरुले बताएका छन्। जर्दारी भ्रष्टाचारकाे मुद्दामा सन् १९९० को दशक र २००० को दशकमा जेल सजाय भाेगीसकेका छन् । उनकी पत्नी पूर्वप्रधानमन्त्री बेनजिर भुट्टाेकाे हत्यापछि सन् २००८ देखि २०१३ सम्म पाकिस्तानको राष्ट्रपति रहेका थिए।

पाकिस्तानको राजनीतिमा जर्दारीलाई अत्यन्तै विवादित व्यक्तिका रूपमा चित्रण गर्ने गरिन्छ । उनलाई ‘मिस्टर १० प्रतिशत’को उपनामसमेत दिइएको थियो।उनले सरकारी कन्ट्याक्टहरुबाट १० प्रतिशत कमिसन लिने गरेको आरोप लागेकाले उनको उपनाम नै ‘मिस्टर १० प्रतिशत’ राखिएको थियो।

यो मुद्दामा दर्जनौं कम्पनी र सयौं मानिस संलग्न रहेको पाकिस्तानी सञ्चारमाध्यमलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

पछिल्लो ‘झुटा बैंक खाता’ मुद्दामा आफूले केही गलत नगरेको पूर्वराष्ट्रपति जर्दारीले बताउँदै आएका छन्।‘झुटा बैंक खाता’सम्बन्धी यस मुद्दालाई लिएर उनीविरुद्ध सन् २०१५ देखि अनुसन्धान जारी रहेको छ।





  • प्रकाशित मिति : जेठ २८, २०७६ मंगलबार ९:४:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया