युवा उद्यमीलाई राजनीतिक गतिविधिमा सक्रिय हुन भट्टराईको आग्रह

काठमाडौं– पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले युवा उद्यमीहरुलाई राजनीतिक गतिविधिमा सक्रिय सहभागिताका लागि आग्रह गरेका छन् । नेपाल उद्योग परिसंघको युवा उद्यमी मञ्चले आयोजना गरेको ‘बाबुराम भट्टराईको आखाँबाट नेपाल’ शीर्षकको अन्तक्र्रियामा बोल्दै उनले यस्तो आग्रह गरेकबा हुन् । 

नेपाल बाँकी विश्वभन्दा धेरै पछाडि परेको भन्ने युवा उद्यमीहरुको जिज्ञासामा पूर्वप्रधानमन्त्री भट्टराईले केही ऐतिहासिक तथ्य उल्लेख गर्दैभने, ‘अठारौँ शताब्दीमा नेपाल २५ वटा विकसित देश भित्र पर्थ्यो । तर, शाह तथा राणाशासन कालमा नेपाल बाँकी विश्वसँग अलग रही नागरिकको ओहोर–दोहोर नहुँदा प्रगति रोकिन पुग्यो ।’ तर अहिले नेपाल विकासको बाटोमा अघि बढेको उनको ठम्याइ छ । 

नेपाललाई चीन र भारतको गतिशील पुलको रुपमा विकास गर्न सकिने बताउँदै उनले चीनसँगको सम्बन्धले महत्व राखे पनि भारतसँगको ऐतिहासिक, भौगोलिक सांस्कृतिक र आर्थिक सम्बन्धले भारतसँग नेपाल थप नजिक रहेको बताए ।





  • प्रकाशित मिति : जेठ ३१, २०७६ शुक्रबार १५:१:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया