आज भारत–पाकिस्तान खेल, के भन्छन् भारतीय क्रिकेटर सुनिल गावस्कर ?

एजेन्सी– जारी एक दिवसीय विश्वकपमा आज (आइतबार) भारत र पाकिस्तान एकअर्कासँग भिड्दै छन् । जब जब क्रिजमा भारत र पाकिस्तानबीचको खेल हुन्छ, विश्वमा क्रिकेट प्रेमीहरु यसलाई निकै उत्साहका साथ हेर्छन् । 

भनिन्छ– भारत र पाकिस्तानको खेल हुँदा क्रिकेटको रोमान्चकता दुई गुणा बढेको हुन्छ । यस्तो किन पनि होला भने यी दुई देशबीचको राजनीतिक सम्बन्ध कहिल्यै पनि राम्रो रहेन । 

यो खेलबारे भारतीय क्रिकेटर सुनिल गावस्कर के भन्छन् त ? बिबिसी हिन्दीले उनीसँग विशेष कुराकानी गरेको छ । 

त्यो कुराकानीमा सुनिलले भनेका छन्, ‘म त पहिले खेल होस् भन्ने प्राथना गरिरहेको छु, म्यानचेस्टरको मौसमको कुनै भरोसा छैन । यो खेल पाकिस्तानका लागि निकै महत्वपूर्ण छ । उसले हारेको खण्डमा यसपटकको उसको विश्वकप यात्रा यहाँ नै सकिन्छ । यो खेल भारतका लागि नि त्यतिकै महत्वपूर्ण छ । मौसम राम्रो रहेमा हामीले सानदार खेल हेर्न पाउने छौँ ।’

सुनिलले यसपटक भारतको टिम सन्तुलित भएकाले पनि यसपटक विश्वकप जित्ने सम्भावना रहेको बताएका छन् । तर, उनको टिम चाहिँ इंग्ल्यान्ड रहेछ । उनले भनेका छन्, ‘मेरो फेभरेट टिम त इंग्ल्यान्ड हो, उसलाई घरेलू मैदानको फाइदा पनि मिल्नेछ ।’



भरतीय टिम गर्मीमा खेल्न मन पराउने भएकाले पाकिस्तानसँगको खेलमा पानी परेमा वा मौसम चिसो रहेमा उसलाई अप्ठ्यारो पर्न सक्ने पनि सुनिलको अनुमान छ ।



  • प्रकाशित मिति : असार १, २०७६ आइतबार १:२७:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया