विराटले बनाए नयाँ रेकर्ड

काठमाडौं– भारती क्रिकेट टिमका कप्तान विराट कोहलीले नयाँ रेकर्ड बनाएका छन् । एक दिवसीयमा ११ हजार रन सबैभन्दा छिटो बनाउने रेकर्ड विराटले बनाएका हुन् । 

जारी विश्वकपमा पाकिस्तानसँगको खेलमा विराटले ४५ औं ओभरमा हसन अलीको बलमा चौका प्रहार गर्दै यो रेकर्ड बनाएका हुन् । विराटले २ सय २२ खेल खेल्दै याे रेकर्ड बनाएका हुन् ।

यसअघि यो रेकर्ड रिक्की पोन्टिङको नाममा थियो । उनले २ सय २६ खेलमा ११ हजार रन बनाएका थिए ।





  • प्रकाशित मिति : असार १, २०७६ आइतबार १८:३१:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया