भारतले पाकिस्तानलाई ८९ रनले हरायाे

काठमाडाैं– बेलायतमा जारी आइसिसी विश्वकपमा भारतले पाकिस्तानलाई  ८९ रनले पराजित गरेकाे छ । 

वर्षाका कारण पाकिस्तानकाे इनिङमा डिएल मेथड (डकवर्थ लुइस) नियमका अनुसार खेल ४० ओभरमा सिमित गरिएकाे थियाे । 

याे जितसँगै भारतले विश्वकपमा लगातार सात खेलमा पाकिस्तानमाथि विजय हासिल गरेकाे छ ।

३ सय ३७ रनकाे लक्ष्य पाएकाे पाकिस्तानले वर्षापछि ओभर घटाइँदै ४० ओभरमा खेल जित्नका लागि ३ सय २० रनकाे लक्ष्य पाएकाे थियाे । तर, ४० ओभरमा सबै विकेट गुमाउँदै पाकिस्तानले २१२ रनमात्र बनाउन सक्याे । 

खेलमा शतकीय पारी खेलेका राेहित शर्मालाई म्यान अफ द म्याच घाेषणा गरियाे । उनले भारतलाई १ सय ४० रनकाे याेगदान दिए । याे विश्वकपमा उनकाे दाेस्राे शतक हाे । 

भारतका लागि हार्दिक पाण्डेयाले २७ औं ओभरमा लिएका दुई विकेट निकै महत्वपूर्ण सावित भयाे । उनकाे ह्याट्रिक बल भने सरफराजले निकै सुन्दर ढंगले डिफेन्ड गरिदिए । 



रनकाे हिसाबले पाकिस्तानमाथि भारतकाे याे सबैभन्दा ठूलाे जित हाे । विश्वकपमा यी दुई देशबीच सन् १९९२ देखि खेल हुँदै आएकाे छ । त्यसयता भारतले पराजय भाेग्न परेकाे छैन । 

आइतबार भएकाे खेल वर्षाका कारण दुई पटक राेकिएकाे थियाे । पहिलाे इनिङमा भारतले ४७ औं ओभर खेलेपछि खेल ३० मिनेटका लागि र दाेस्राे ओभरमा पाकिस्तानले ३५ ओभर खेलेपछि खेल राेकिएकाे थियाे । त्यसपछि डिएल मेथड नियममा खेलाइएकाे खेलमा पाकिस्तानले जितका लागि ३० बलमा १३६ रन बनाउनु पर्ने भएकाे थियाे । 



तर, उसले याे लक्ष्य भेट्ट्याउन सकेन । 

भारतका लागि राेहित शर्माले याे खेलमा १४० रनकाे याेगदान दिनु महत्वपूर्ण सावित भयाे । उनले लगातार पाँचाै खेलमा ५० भन्दा बढी स्काेर गरेका छन् । पाकिस्तानविरुद्ध विश्वकपमा शतक प्रहार गर्ने उनी दाेस्राे भारतीय खेलाडी हुन् । यसअघि विराट काेहलीले यसअघिकाे विश्वकपमा १०७ रन बनाएका थिए । त्यसाे त पाकिस्ताविरुद्ध गत वर्ष दुबइमा खेलेकाे खेलमा पनि राेहितले १११ रन बनाएका थिए । 

खेलमा भारतीय कप्तान विराट काेहलीले ७७ रन बनाए । उनकाे याे ५१ औं अर्धशतक हाे । विराटले आजकाे खेलमा आफ्नाे जीवनकाे ११ हजार रन पनि पुर्याए । याेसँगै उनी एक दिवशीय क्रिकेटमा सबैभन्दा छिटाे ११ हजार रन बनाउने खेलाडी पनि बनेका छन् । उनले २२२ वटा खेलमा ११ हजार रन बनाएका हुन् ।

  • प्रकाशित मिति : असार २, २०७६ साेमबार ०:२०:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया