आज पनि योगेश्वरले बाँडे प्रहरीलाई फूल !
तस्वीर: अशाेक दाहालकाे ट्विटरबाट ।

काठमाडौं– सरकारले गुठी विधेयक फिर्ता लिएपछि गुठी विधेयकविरुद्ध हुने भनिएको विरोध र्याली खबरदारी सभामा परिणत भयो । हजारौँ मानिस गुठी विधेयकलाई खारेज गर्नु पर्ने माग गर्दै बुधबार माइतीघरमा उपस्थित भएका थिए । 

तिनै हजारौँमध्ये एक थिए, चर्चित गायक योगेश्वर अमात्य । अमात्यले यसअघि विरोध कार्यक्रममा जस्तै यसपटक पनि विरोध सभा वरपरका प्रहरीलाई फूल बाँडे । 

अमात्यले यसअघि फरक धारसँगको कुराकानीमा आजका लागि आफूले दुई सय फूल किन्ने तयारी गरेको बताएका थिए । उनले चार गतेको विरोध सभामा बबाल हुने बताएका थिए । तर, सरकारले मंगलबार नै गुठी विधेयक फिर्ता लिएपछि विरोध र्यालीले फरक रुप लियो । 

विरोध प्रदर्शन भएको ठाउँमा योगेश्वर पुगेर फूल बाँड्न थाले । 

याेगेश्वर विराेधकाे याे नयाँ शैली रुसी विद्राेहबाट प्रभावित भएर सुरु गरेकाे बताएका  थिए । उनले चर्काे घाममा प्रहरीलाई उभिनु पर्दा पक्कै रिस उठ्ने तनाव हुने भएकाले रिल्याक्स हाेस् भनेर आफूले फूल बाँडेकाे यसअघि फरक धारसँग बताएका थिए ।





  • प्रकाशित मिति : असार ४, २०७६ बुधबार १३:४९:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया