सुनको मूल्य इतिहासमै उच्च, प्रतितोला ६५ हजार पुग्यो

काठमाडौं– शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ६५ हजार रुपैयाँ पुगेको छ । इतिहामै शुक्रबार छापावाल सुनको मूल्य सबै भन्दा उच्च बिन्दुमा पुगेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार मूल्य बढेसँगै सुन किन्ने ग्राहक संख्या ज्यादै घट्न थालेका छन् ।  बिहीबार प्रतितोला ६४ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।

बुधबार ६३ हजार प्रतितोलामा कारोबार भएको छापावाल सुनको एकै दिन एक हजार रुपैयाँले बढेर बिहिबार नयाँ रेकर्ड बनाएको थियो ।

इरान र अमेरिकाबीच चर्किदो विवाद, अमेरिका चीन व्यापार युद्धलगायतका कारणले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रभावित भएको हुन सक्ने विज्ञको भनाइ छ । 

असार महिनामा धेरै विवाह हुने भएकाले सुन व्यवयका लागि सिजन मानिन्छ । तर, मूल्य वृद्धिका कारण ग्राहक पर्ख र हेरको अवस्थामा छन् ।





  • प्रकाशित मिति : असार ६, २०७६ शुक्रबार १५:२:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया