बालुवाटार जग्गा प्रकरणमा अख्तियारले ८६ जनासँग स्पष्टीकरण लिने

काठमाडौं– बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८६ जग्गाधनी तथा मोहीलाई बयानका लागि बोलाएको छ ।

यसरी बोलाइएकामा भाटभटेनी सुपरस्टोरका सञ्चालक मीनबहादुर गुरुङका छोरा कल्याण, शोभाकान्त ढकालकी पत्नी उमाकुमारी र रामकुमार सुवेदीकी पत्नी माधवी पनि छन् । सम्पर्कमा नआएकाको हकमा सार्वजनिक सूचना निकालेर ७ दिनभित्र बयानका लागि आउन भनिएको अख्तियारले जनाएको छ । 

सो प्रकरणमा अन्य व्यक्ति पनि रहेको तर अनुसन्धानका क्रममा रहेकाले सबैको नाम खुलाउन नमिल्ने अख्तियारको भनाइ छ । अख्तियारका अनुसार सार्वजनिक जग्गा पहिलोपटक जसको नाममा गएको थियो, उनीहरुमध्ये सम्पर्कमा नआएकाका लागि मात्र सूचना निकालिएको हो । 





  • प्रकाशित मिति : असार ११, २०७६ बुधबार १४:५८:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया