एसइई नतिजा बिहीबार मात्रै

काठमाडौं– बुधबार प्रकाशन हुने भनिएको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सो दिन नहुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार  पुनः परीक्षणमा समय लागेकाले बोर्ड बैठक बस्न र नतिजा प्रकाशन पर धकेलिएको हो ।  

बिहीबार दिउँसो १ बजे बस्ने राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा प्रकाशनको निर्णय गर्ने जनाइएको छ । सबै तयारी सकिए पनि नतिजामा त्रुटि नदोहोरियोस् भनेर पुनः परीक्षणमा जोड दिइएको बताइएको छ । अन्य कुनै प्राविधिक कारण या बोर्डले फरक निर्णय नगरेमा आगामी बिहीबार नतिजा प्रकाशन हुने पक्का भएको छ । 

यस वर्षको एसइईमा नियमिततर्फ चार लाख ५० हजार एक सय ८६ र आंशिक गरी जम्मा चार लाख ७५ हजार परीक्षार्थी सहभागी थिए । छात्रा दुई लाख ३८ हजार पाँच सय ५८ र छात्र दुई लाख ३६ हजार चार सय छन् । 





  • प्रकाशित मिति : असार ११, २०७६ बुधबार १६:२८:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया