दक्षिण कोरियालाई उत्तर कोरियाले भन्याे– प्योङयाङ–वासिंगटन वार्तामा मध्यस्थताको प्रयास नगर्नू

सोल– उत्तर कोरियाले अमेरिकासँगको आफ्नो वार्ताका लागि मध्यस्थताको प्रयास रोक्न दक्षिण कोरियालाई सुझाव दिएको छ । 

बिहीबार उत्तर कोरियाली विदेश मन्त्रालयले वक्तव्य जारी गर्दै उत्तर कोरियाले अमेरिकासँगको कुनै पनि किसिमको सम्बन्धलाई लिएर दक्षिण कोरियालाई माध्यम नबनाउने स्पष्ट पारेको छ । 

उत्तर कोरियाली विदेशमन्त्रीको यो वक्तव्य अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दक्षिण कोरिया भ्रमणको दुई दिनअघि आएको हो ।

वक्तव्यमा उत्तर कोरियाले ‘अमेरिकाले डिसेम्बरको अन्त्यसम्म परमाणु सम्झौतामाथिको गतिरोध अन्त्य गर्न पारस्परिक रुपमा स्वीकार्य प्रस्तावहरुमाथि काम गर्नुपर्ने’ माग दोहोर्याएको छ । 

उत्तर कोरियाको यो वक्तव्यलाई रोकिएको परमाणु सम्झौतालाई लिएर दक्षिण कोरिया र अमेरिकाप्रतिको उसको असन्तुष्टिका रुपमा हेरिएको छ । 

वक्तव्यमार्फत उत्तर कोरियाले दक्षिण कोरियाली राष्ट्रपतिलगायत अधिकारीलहरुले हालै दिएका ‘दुई कोरियाबीच विभिन्न माध्यमबाट छलफल चलिरहेको’ टिप्पणीको पनि खण्डन गरेको छ । 
 





  • प्रकाशित मिति : असार १२, २०७६ बिहीबार १६:१५:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया