कोहलीको विराट रेकर्ड

एजेन्सी– भारतीय कप्तान विराट कोहलीले बिहिबार वेस्ट इन्डिजसँग भएको खेलमा सबैभन्दा छिटो २० हजार रन पुर्याउने ब्याट्सम्यानको रेकर्ड बनाएका छन् । 

इंग्ल्यान्डको ओल्ड ट्राफोर्ड रंगशालमा भएको खेलमा विराटले ७२ रन बनाए । यसमध्ये उनले ३७ रन बनाउँदैमा रेकर्ड कायम गरिसकेका थिए । 

कोहलीले ४ सय १७ खेलमा २० हजार रन बनाएका हुन् । यसमा १ सय ३१ टेस्ट, २२४ वानडे र ६२ टि–२० खेल समावेश छन् । 

योभन्दा पहिले यो रेकर्ड अर्का भारतीय क्रिकेटर सचिन तेन्दुल्करको नाममा थियो । उनीसँगै ब्रायन लाराको पनि यही रेकर्डका साझेदार थिए । यी दुवै खेलाडीले ४ सय ५३ खेलमा यो रेकर्ड बनाएका थिए । 

आफ्नो धमाकेदार ब्याटिङसँगै यो रेकर्ड बनाउने कोहली भारतका तेस्रो ब्याट्सम्यान हुन् । यसअघि सचिनका साथै राहुल द्रविडले पनि २० हजार रन बनाइसकेका छन् । 

तेन्दुल्करले आफ्नो पूरै क्रिकेट करिअरमा ३४३५७ रन र द्रविडले २४२०८ रन बनाएका छन् । 





  • प्रकाशित मिति : असार १३, २०७६ शुक्रबार ०:११:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया