ट्रम्प र किम भेट्दै

एजेन्सी– विश्वलाई चकित पार्दै अत्यन्त छोटो तयारीमा आश्चर्यजनक रुपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ उन भेट्दै छन् । उनहिरु डिएमजेड (असैन्यकृत क्षेत्र)मा भेट्न लागेका हुन् । यो उत्तर कोरिया तथा दक्षिण कोरिया विभाजन गर्ने क्षेत्र हो, यी दुईको सीमा हो ।

यो अभूतपूर्व भेट डोनाल्ड ट्रम्पले ट्विटरबाट गरेको निम्तोका कारण सम्भव भएको हो । जी २० शिखर सम्मेलनका लागि जापान पुगेका ट्रम्पले शनिबार मात्र एउटा ट्विट लेख्दै किमसँग भेटघाट गर्न मन भएको लेखेका थिए । उनले त्यो ट्विटमा दुई मिनेटका लागि मात्र हात मिलाउन किमसँग भेट्न आफूले चाहेको बताएका थिए । 

ट्रम्प शनिबारमात्र दुई दिने यात्राका लागि दक्षिण कोरिया पुगेका हुन् । त्यहाँ उनी राष्ट्रपति मुन जाय इनका साथ पुगेका थिए । 

उत्तर कोरियाली नेता किमसँग ट्रम्पको यो तेस्रो भेट हो । यसलाई लिएर विश्व नै अचम्ममा परेको छ । यो भेट शान्तिका लागि भएको र अनौपचारिक भएको बताइएको छ । 

त्यसो त ट्रम्प त्यो असैन्यकृत क्षेत्रमा सन् २०१७ मा पनि जान चाहन्थे । तर, खराब मौसमका कारण उनी त्यहाँ जान पाएका थिएनन् । 

गत फ्रेबुअरीमा किम र ट्रम्पले भियतनामको हनोइमा भेटवार्ता गरेका थिए । तर, त्यहाँको वार्ता विफल भएको थियो । 



अमेरिकाले उत्तर कोरियाले परमाणु कार्यक्रम पूर्ण रुपमा रोकोस् भन्ने चाहने र उत्तर कोरिया आफूमाथिका सबै आर्थिक प्रतिबन्ध हटोस् भन्ने चाहने भएकाले यो वार्ता असफल भएको थियो । 



  • प्रकाशित मिति : असार १५, २०७६ आइतबार ११:७:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया