एजेन्सी– विश्वकप क्रिकेट २०१९ मा आज (मंगलबार) दिउँसो बंगलादेश र भारतको खेल छ । यो खेल जितेमा भारतले आफ्नो स्थान सेमिफाइनलमा पक्का गर्नेछ ।
अर्कोतिर बंगलादेशका लागि पनि यो खेल निकै महत्वपूर्ण छ । किनकि सेमीफाइनलमा जानका लागि उसले आज भारतलाई पराजित गर्नैपर्छ । त्यसपछिका अरु दुई खेलमा जितेमा ऊ सेमिफाइनलमा पुग्नेछ ।
तर, यी दुई देशको खेल यी दुई देशको भविष्य निर्धारण गर्ने मात्र होइन, पाकिस्तानका लागि पनि निकै महत्वपूर्ण छ । यो खेलमा भारतलाई पराजित गर्दै पाकिस्तानसँगको खेल पनि जितेमा र न्युजिल्यान्डसँग इंग्ल्यान्ड हारेको खण्डमा बंगलादेश सेमिफाइनलमा पुग्नेछ । अन्यथा पाकिस्तान सेमिफाइनलमा पुग्ने सम्भावना पनि उत्तिकै छ ।
त्यसो त बंगलादेशलाई जितेकोे खण्डमा भारतको अंक तालिकामा १३ अंक हुनेछ । यो भएमा उसले अष्ट्रेलियापछि सेमिफाइनलमा आफ्नो स्थान बनाउनेछ ।
तर, आजको खेलमा भारत हारेमा उसले श्रीलंकाविरुद्ध आफ्नो अन्तिम खेलमा दबाब झेल्नु पर्नेछ ।
तर, भारतले आजको र अर्को खेल हारेको खण्डमा र इंग्ल्यान्डले न्युजिल्यान्डलाई हराएको खण्डमा सेमिफाइनलमा जाने सम्भावना बंगलादेश र पाकिस्तानको हुनेछ ।
भारतलाई बंगलादेशले जित्यो भने पाकिस्तानसँग उसको ९ अंक बराबर हुनेछ । अहिलेको अंकतालिकामा चाहिँ उसले श्रीलंका र पाकिस्तानलाई पछाडि पार्नेछ । त्यसपछि पाकिस्तानसँगको उसको खेल निकै महत्वपूर्ण हुनेछ ।
बंगलादेश सेमिफाइनलमा आज भारतलाई हराएर अर्को खेल पाकिस्तानलाई पनि हराएमा सहजै पुग्नेछ ।
पाकिस्तानलाई सेमिफाइनलमा पुग्नका लागि चाहिँ उसले बंगलादेशलाई कुनै पनि हालतमा हराउनु पर्ने हुन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।