विश्वकपमा क्रिस गेलको अन्तिम खेल : १८ बलमा ७ रन

लन्डन– आफ्नो अन्तिम विश्वकप खेलमा क्रिस गेल ७ रन बनाएर आउट भएका छन् । 

जारी आइसिसी विश्वकपको ४२औँ खेलमा आज वेस्टइन्डिजले टस जितेर अफगानिस्तानविरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय लियो । वेस्ट इन्डिजका तर्फबाट सुरुवाती ब्यट्सम्यानका रुपमा मैदान छिरेका क्रिस गेल ७ रन बनाएर दौलत जारदानको बलमा आउट भए । १८ बल खेल्दा गेलले मात्र १ चौका हिर्काए । यो नै गेलको विश्वकपमा अन्तिम खेल हो ।

३९ वर्षे गेलको यो विश्वकप नै अन्तिम हुने अनुमान गरिएको छ । उनी आफैँले पनि त्यो संकेत गरिसकेका छन् । जारी विश्वकपमा वेस्ट इन्डिजको यो अन्तिम खेल हो ।लिगको अन्तिम खेल खेल्दै गर्दा वेस्ट इन्डिज नवौँ स्थानमा छ । आजको खेल जिते पनि उसको सेमिफाइनल प्रवेश गर्ने सम्भावना छैन । 

विश्व क्रिकेटमा क्रिस गेल ‘सुपर सिक्सर’का रुपमा चिनिन्छन् । एकदिवसीय अन्तर्राट्रिय क्रिकेटका २९० इनिङ खेल्दा गेलले १० हजारभन्दा बढी रन बनाएका छन् । 
यतिखेल वेस्ट इन्डिजको ब्याटिङ जारी छ । १९ ओभर सकिँदा वेस्ट इन्डिजले १ विकेट गुमाएर ८२ रन जोडेको छ । 





  • प्रकाशित मिति : असार १९, २०७६ बिहीबार १६:४२:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया