सेना तथा प्रहरी श्रीमती संघ खारेज गर्न माग

काठमाडौं– संसदमा सेना तथा प्रहरी श्रीमती संघ खारेज गर्न माग उठेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद पम्फा भुसालले सेना, प्रहरी र निजामती सेवामा भएको श्रीमती संघ खारेज हुनुपर्ने बताएकी हुन् ।

भुसालले प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै श्रीमान्को नाममा श्रीमतीले सुविधा लिने व्यवस्था आफूहरूले अन्त्य गरेको तर महत्वपूर्ण निकायमा सो परिपाटी विद्यमान रहेको भन्दै आपत्ति जनाइन् । 

मुलुकमा गणतन्त्र आए पनि अझै राजतन्त्रको धङधङी विद्यमान रहेको बताउँदै उनले सेना, प्रहरी र निजामती सवैमा श्रीमती संघ रहनुले त्यसको पुष्टि गरेको उनको भनाइ थियो । 

ती संस्थालाई पितृसत्ता संस्थाको संज्ञा दिँदै उनले यस्ता संस्था खारेज गर्न माग गरिन् । 





  • प्रकाशित मिति : असार २२, २०७६ आइतबार १६:५७:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया